Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमसीसी टेबुल गर्ने निर्णयपछि झलनाथले भने- विदेशी शक्तिको सामू झुकेर गरिएको निर्णय

काठमाडौँ । एमसीसी संसद्‌मा टेबल गर्ने शीर्ष नेताहरुको सहमतिको बिषयलाई लिएर एकीकृत समाजवादीका नेता झलनाथ खनालले आपत्ति जनाएका छन्। गठबन्धनको निर्णय 'बचकना' नभएको खनालको भनाइ छ।

'यो विदेशी शक्तिको सामू झुकेर गरिएको बचकना निर्णय हो', खनालले भने, 'यो संसद्‌मा कसरी टेबल हुन्छ ?' यथास्थितिमा सहमति हुनु जायज नभएको खनालले बताए।

आइतबार बिहान सम्पन्न गठबन्धनको बैठकले एमसीसीमा सहमति जुटाएको थियो । एमसीसीमा सहमति जुटेपछि आजै बस्ने संसदको बैठकमा एमसीसी टेबुल गरिने बताइएको छ।

संसद बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077