Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’, बानेश्वरलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पछिल्लो समय एमसीसीविरुद्ध विभिन्न दलहरूले दिनहुँ विरोध प्रदर्शन गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो । उक्त क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस्तै, संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ । आज बस्ने संसद बैठकमा एमसीसी संसदबाट अनुमोदन गर्ने प्रस्ताव पेश हुने बुझिएको छ।

[insert page='116329' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077