Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीविरुद्ध आज पनि प्रदर्शन, पानीको फोहोरा हान्ने गाडी 'स्ट्यान्डबाई'

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ ।

आइतबार विप्लवसहितका ६ बामपन्थी दल र २ मोर्चा नेतृत्वको समूहले एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर, स्वाभिमानी नेपाली कायम गरलगायतका थुप्रै नाराहरु समेत लगाएका छन् ।

यसअघि गत बुधबार र शुक्रबार विप्लवसहित नेकपा माओवादी र एकीकृत समाजवादीको भ्रातृ संगठनहरुले प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई एभरेष्ट होटल नजिकको सडकमा रोकेको छ । तर, उनीहरु भने प्रहरीको घेरा तोडेर अघि बढ्न कोसिस गरिरहेका छन्।

यसअघिको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरुलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत छ्यापेको थियो । अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ । सुरक्षाकर्मीले आज पनि पानीको फोहोरा हान्ने गाडीलाई पनि स्ट्यान्डबाई राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077