Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद भवन अगाडि ‘एमसीसी स्वाहा’

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरुले एमसीसीको विरोध जनाउँदै ‘एमसीसी स्वाहा’लाई स्वाहा भन्दै समेत गरे ।

समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका हुन्।

यस्तै, प्रदर्शनका क्रममा उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर, स्वाभिमानी नेपाली कायम गरलगायतका थुप्रै नाराहरु लगाएका छन्।

यसअघि गत बुधबार र शुक्रबार पनि माओवादी र समाजवादीको भ्रातृ संगठनहरुले नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई एभरेष्ट होटल नजिकको सडकमा रोकेको छ । तर, उनीहरु भने प्रहरीको घेरा तोडेर अघि बढ्न कोसिस गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077