Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक: एमसीसीलाई कार्यसूचीमा राखियो

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको हो।

कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन ।

नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले असहमति राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077