Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ ।

प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ । प्रहरीमाथि पानीको फोहोरा प्रहार गरिएको छ ।

यसअघि बुधबार र शुक्रबारको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरुलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत छ्यापेको थियो। अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ ।

[insert page='116355' display='yopanipadhnuhos.php']

 







 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077