Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमसीसी पेस भएपछि प्रधानमन्त्री देउवाले भने- अब पास हुन्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै प्रधानमन्त्री देउवाले अब पारित हुने बताएका हुन् ।

संसद भवनबाट बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले देउवालाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा देउवाले भने, ‘अब पास हुन्छ ।’

एमसिसी सम्झौता संसद्मा टेबुल गर्न सत्ता गठबन्धनका दलहरुबीच सहमति भएपछि कार्यव्यवस्था समितिको बैठकले त्यसलाई अगाडि बढाउने निर्णय गरेअनुरुप पेस गरिएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गते सो अनुदान सम्झौता अनुमोदनका लागि संसद्मा पेश गर्न स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077