Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहितका दर्जनौं विद्यार्थी नेताहरु गम्भीर घाइते

काठमाडौं । संसदमा एमसीसी सम्झौता पेश गरिएको विरोधमा आन्दोलनमा उत्रिएका माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चासिंहसहित एक दर्जनबढी विद्यार्थी नेता घाईते भएका छन् ।

बानेश्वरस्थित संसद भवन घेराउका लागि आन्दोलनमा उत्रिएका उनीहरुमाथि प्रहरीले दमन गरेको हो । प्रहरीले गरेको लाठीप्रहहाररबाट पञ्चा सिंह, केशव रावलसहित एक दर्जन विद्यार्थी नेता घाईते भएका हुन् ।

अध्यक्ष पञ्चाको खुट्टा पछाडीको भाग र अनुहारमा समेत चोट लागेको छ । घाइतेहरुलाई नजिकै रहेको एभरेष्ट अस्पतालमा उपचार गरिँदैछ ।

प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो। अहिले उक्त क्षेत्र निकै तनाबग्रस्त बनेको छ ।

[insert page='116370' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077