Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमसीसीबारे ओलीको प्रतिक्रिया: पास गराउन होइन, सडकमा आगो बाल्न ल्याइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा आफ्नो पार्टीको कुनै भूमिका नरहेको बताएका छन्।

आइतबारको संसद बैठकपछि सिंहदरवारस्थित संसदीय दलको बैठकमा भेला भएका आफ्ना पार्टीका सांसदहरुले एमसीसीबारे पार्टीको पोजिशनबारे जिज्ञासा राख्दा ओलीले यस्तो बताएका हुन् ।

यस्तै, ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा मुलुकलाई धकेलेको बताए। 'गठबन्धनकारीले एमसीसी अनुमोदनका लागि पेश गरेका होइनन्, यसले मुलुकलाई द्वन्दमा धकेलेको छ,' छलफलमा सहभागी एक सांसदले अनलाइन नेपालसँग भने।

एमसीसी जनताबीच भिडन्त गराउने र सडकमा आगो बाल्नका लागि ल्याइएको ओलीको भनाइ छ ।

एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077