Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललितपुर महानगरपालिकाका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाउने भएको छ ।

महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोलि बुस्टर डोज खोप लगाइने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाद्वारा जारी सूचनाअनुसार खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने उल्लेख छ ।

खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र अघिल्लोपटक खोप लगाएको कार्ड अनिवार्य लैजान महानगरपालिकाले आग्रह गरेको छ ।

बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077