Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गठबन्धनप्रति विष्णु रिमालको आक्रोश : गठबन्धन 'घिउ बेचुवा र तरवार बेचुवा' जस्तो !

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धन 'घिउ बेचुवा र तरवार बेचुवा' जस्तो रहेको आरोप लगाएका छन् ।

अमेरिकी सहायता सम्झौता एमसीसी संसदमा टेलब गरिएको भोलिपल्ट आज बिहानै सामाजिक सञ्जालमार्फत उपमहासचिव रिमालले गठबन्धविरुद्ध कडा शब्दमा आक्रोश पोखेका हुन् । उनले प्रधानमन्त्रीको दल र सभामुखको दल एमालेलाई देखाएर एक अर्कामाथि हावी हुने दाउमा रहेको समेत बताएका छन् ।

उनले क्याविनेटमा सुरक्षा टाइट गर्ने निर्णय गरेर सडकमा हिंसात्मक विरोधका लागि कार्याकर्ता उकासेको समेत आरोप लगाएका छन् । एमसीसी संसदमा टेबल भएपछि अहिले गठबन्धनमाथि विभिन्न प्रश्न उठिरहेको छ ।

सोही विषयलाई लिएर उपमहासचिव रिमालले भनेका छन्, हाउसमा दलको जानकारी बेगर-‘सिखण्डी’ खडा गरेर “बहस पनि यसैगरी, निर्णय पनि यसैगरी” हुने भन्दै​ कपटपूर्ण अभ्यासमा ‘गठबन्धन’ छ ।

‘गठबन्धन’वालाहरू घिउ बेचुवा र तरबार बेचुवा’ जस्ता! प्रमको दल र सभामुखको दल दुवै एमालेलाई देखाएर एकअर्कामाथि हावी हुने दाउमा छन्’, रिमालले भनेका छन्, ‘क्याबिनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077