Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अस्ट्रेलियामा दुई वर्षपछि विदेशी यात्रुलाई प्रवेशमा अनुमति

एजेन्सी । अस्ट्रेलियाले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशी यात्रुलाई प्रवेशमा अनुमति दिएको छ । सोमबार अस्ट्रेलियामा ५० वटाभन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ ।

कोरोना भाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो । अब खोपको पूर्णमात्रा लगाएका यात्रुहरू क्वरेण्टीनमा बस्नुपर्ने छैन ।

तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ । मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ ।

अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद खबर रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077