Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीमा मतभेद भएपछि एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ । सत्ता साझेधार दल नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका एक नेताले जानकारी दिए ।ती नेताका अनुसार पछिल्लो समय एमसीसीबारे पार्टीको भूमिकामा चर्को विवाद भएपछि सचिवालय बैठक बोलाइएको हो ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।

खनालले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077