Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारबाट बाहिरिने माओवादीको घोषणा, एमसीसी फेल गराउन ओलीसँग छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका छन् ।

नेता श्रेष्ठले आज राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रम स्रोतका अनुसार श्रेष्ठले सरकारलाई दिएको समर्थन पनि आज/भोलिभित्रै फिर्ता लिइने बताएका छन् । उनले आफूले हिजै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारबाट बाहिरिनुपर्ने सल्लाह दिएको समेत बताए ।

यसैगरी नेता श्रेष्ठले नेकपा (एमाले)सँग फेरि माओवादी केन्द्रको सहकार्य हुनसक्ने बताएका छन् । यसको लागि अहिले अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका नेताहरुसँग विस्तारै (गोप्य छलफल भइरहेको श्रेष्ठको भनाइ छ।

यसअघि पनि नेता श्रेष्ठले एमसीसीको विरोध गर्दै सडकसम्म पुगेका थिए । एमसीसी कम्प्याक्ट सम्झौता स्वीकार गर्नु वा संसदबाट अनुमोदन गर्नु सिधा राष्ट्रघात हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077