Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीको रेष्टुरेन्टमा प्रहरीको छापा : तीन किशोरीको उद्धार, तीन जना पक्राउ

धनगढी । कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो ।

केही महिनादेखि बन्धक बनाएको गुनासोपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो ।

काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको गुनासो आएपछि सो रेष्टुरेन्टमा छापा हानेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । सोही गुनासोको आधारमा तीनजना किशोरीको उद्धार गरिएको उनले बताए ।

रेष्टुरेन्ट सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको डिएसपी जोशीले जानकारी दिए । उनीहरुमाथि सोधपुछ र अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077