Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमसीसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ: रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन्।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका पौडेलले एमसिसीबारे अब वास्तविकरुपमा सदनमा छलफल हुने प्रतिक्रिया दिए ।

पूर्वसभामुखसमेत रहेका पौडेलले भने, 'एमसिसीबारे बाहिर सडकमा अफवाह र हल्ला मात्र फैलिएको छ, यो विषय संसद्मा प्रवेश पाएको छ, त्यसैले राष्ट्रको ध्यान संसद्तर्फ केद्रित भएको छ ।'

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि सञ्चारकर्मीसँग पौडेलले जटिलरुपमा आइरहेको एमसिसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताए ।

वरिष्ठ नेता पौडेलले भने, 'एमसिसीका विषयमा कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको अवस्था के हुन्छ भन्ने पाटोबाट गहनसँग राम्रै कुरा गरेका छौँ । सैद्धान्तिकरुपमा हाम्रो बीचमा मतभेद केही देखिएन तर केही प्राविधिक विषय पनि छन् ।'

देशसँग जोडिएको महत्वपूर्ण विषय एमसिसीबारे संसद्मा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको बताउदै उनले भने, 'हाम्रो पुस्ता असफल पुस्तामा परिणत भई मुलुक सङ्कटतर्फ जाने हो कि भन्ने चिन्ता भएर नेतालाई भेटेको हुँ । देश सङ्कटतर्फ नजाओस् भन्नेमै मेरो चिन्ता छ ।'

अमेरिकाले नेपालको गरिबी अन्त्य गर्न तथा यहाँ उत्पादित विद्युत् बाह्य मुलुकमा निर्यातका लागि प्रसारण लाइन बनाइदिने प्रयोजनका लागि उपलब्ध गराउन लागेको सहयोगले मुलुकको आम्दानी बढ्ने, गरिबी हटाउन मद्दत पुग्ने एवं जनताले सुविधा प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077