Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली बलरहरुसामू क्यानडेली ब्याट्सम्यान बने निरीह, मात्र ८१ रनको लक्ष्य

काठमाडौँ । ओमानमा जारी टी-२० विश्वकप क्रिकेट छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाले नेपालसामू ८१  रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइतबार ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरको खेलमा १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० मात्र बनाउन सक्यो।

क्यानडालाई सस्तैमा समेट्न नेपालका लागि बलहरु कप्तान सन्दीप लामिछाने तीन, कमल ऐरी र अविनाश बोहोराले समान दुई/ दुई तथा कुशल मल्लले एक वीकेट हात पारे।

क्यानडाका लागि सर्वाधिक डीलियन हेलिगरले २४, कप्तान नबोदित दलिवालले १८ र रायन पठानले १४ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077