Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले गुमायो सुरुवाती दुई विकेट, भुर्तेल र ऐरी क्रिजमा [अपडेट]

काठमाडौँ । ओमानमा जारी आईसीसी टि-२० विश्वकप ग्लोबल छनोट 'ए' नेपालले एकैचोटी दुई विकेट गुमाएको छ।

८१ रनको झिनो लक्ष्यसहित क्यानडाविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेटका लागि ओपनर आशिफ शेख लाई व्यक्तिगत १७ रनमा गुमायो।

आसिफले १६ बलमा १ चौका र १ छक्कासहित १७ रन जोडे। लगत्तै क्रिजमा आएका कुशल मल्ल पनि खाता नखोली आउट भए।

ताजा अबस्थामा नेपालले ४.२ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ६ रनमा अविजित छन् भने चौंथो नम्बरमा दिपेन्द्रसिंह ऐरी आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077