Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादी निर्णय

काठमाडौं । सत्ता साझेधार दल नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

सोमबार बसेको पार्टीको सचिवालयको बैठकले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

यस्तै, खतिवडाका अनुसार बैठकले अन्य पार्टीलाई पनि विपक्षमा मतदान गर्न प्रेरित गर्ने निर्णय गरेको छ । एमसीसीले सरकारमा बस्ने नबस्ने भन्नेबारे प्रश्न उठेमा समयले निर्धारण गर्ने खतिवडाको भनाइ छ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077