Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तह निर्वाचनविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनविरुद्व दर्ता भएको रिटमा आज सुनुवाइ हुँदै छ ।

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साहले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग दावीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको हो ।

२०७४ मा अजोजमा निर्वाचित भएकाले सविधानले तोकेको पाँच वर्ष कार्यकाल नपुग्ने भएकाले वैशाख ३० को निर्वाचन संविधान विपरित हुने उनको जिकिर छ।

तीन चरणमा सम्पन्न भएको निर्वाचनमा दोस्रो र तेस्रो चरणमा निर्वाचित पदाधिकारीको पाँच वर्ष नपुग्ने दावी रिटमा गरिएको छ। यसअघि प्रशासनले दरपिठ गरेको रिटविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता गर्न आदेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077