Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उत्तर भारतमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु

एजेन्सी । उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो।

उद्धार कार्य अझै जारी छ। एघार जनाको शव निकालिएको छ । दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077