Jul 16 2026 | २०८३, आषाढ ३२ गते

16 Jul 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बिहिवार, आषाढ ३२ गते २०८३
images
images

नेपाल–भारत सचिवस्तरीय ऊर्जा बैठक काठमाडौंमा बस्दै, विद्युत् निर्यातबारे छलफल हुने

काठमाडौं । नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न बुधबारदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक काठमाडौँमा बस्दैछ ।

समितिअन्तर्गतको संयुक्त कार्यदलको बैठक र बिहीबार निर्देशक समितिको बैठक बुधबार बस्ने तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बिहीबार हुने निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले गर्ने छन् भने भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्ने भएका हुन् ।

यस पटकको बैठकमा दुई देशबीचको विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माणदेखि नीतिगत समस्याका विषयमा छलफल हुनेछ ।

कार्यदलको बैठकमा विद्युत् आदानप्रदानको अवस्था त्यसमा गर्नुपर्ने सुधार, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा स्तर वृद्धिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077