Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेन संकट : रुसमाथि थप प्रतिबन्धको घोषणा गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

एजेन्सी । रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको बताउँदै अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् ।

बाइडेनले पुटिनलाई युरोपको सुरक्षाबारे वार्ता गर्न कुनै रुचि नभएको आरोप लगाएका हुन् । पछिल्लो समय युक्रेनको विषयमा विकसित घटनाक्रमलाई उनले ‘युक्रेनमाथि रुसको आक्रमणको सुरुवात’को संज्ञा दिएका छन् ।

उनले भने, ‘हामीले अवस्थालाई नियालिरहेका छौं। रुसले विश्वभरबाट पाउँदै आएको वित्तीय सहायता रोक्ने प्रयास गरिनेछ।’ बाइडेनले अमेरिकाले रुसमाथि प्रतिबन्धको घोषणा गर्नेसमेत उल्लेख गरेका छन्।

उनले आफ्नो रुससँग द्वन्द्वको कुनै पनि मनसाय नरहेको स्पष्ट पारेका छन् । बाइडेनले युक्रेनलाई थप सैन्य सहायता र रक्षा सहायता पठाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077