Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जयनन्द लामालाई सम्झँदै दीपकराज गिरीले भने- उहाँको हाँसो सुनेपछि छुट्टै माहोल बन्थ्यो

काठमाडौँ। हाँस्यकलाकार तथा निर्माता/ निर्देशक दीपकराज गिरीले गायक जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार सामाजिक संजाल फेसबुकमार्फत गिरीले लामासँगका केही पलहरुको स्मरण गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

कलाकार लामाले हरेक भेटमा ‘दीपक भाइ ! गायकको रुपमा त मेरो एउटा परिचय थियो । तर‚ अभिनयले त मलाई घरघरमा पुर्‍यायो’ भन्ने गरेको गिरीको भनाइ छ।

छक्का पञ्जा ४ मा सँगै काम गर्ने सपना अधुरै रहेको बताउँदै गिरीले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । लामाले छक्कापन्जा ३ मा गिरीसँगै काम गरेका थिए ।

गिरीले फेसबुकमा उनले लेखेका छन्- ‘ज्वाईंले बहिनी कुटेछ, राम्रो धेरै राम्रो, तर कुटेको अलि मिलेनछ, त्यहि भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनु आएको…’ यस्ता थुप्रै लोकप्रिय संवादले म उहाँलाई सम्झिरहन्थे, सम्झिरहनेछु !

हरेक भेटमा ‘दीपक भाइ ! गायकको रूपमा त मेरो एउटा परिचय थियो तर अभिनयले त मलाई घर घरमा पुर्‍यायो’ उहाँ खुसी हुँदै भन्ने गर्नुहुन्थ्यो !

साथै उहाँले हाँस्ने एउटा गज्जबको शैली थियो उहाँसँग‚ जुन हामिले चलचित्रमा पनि प्रयोग गर्‍यौं । उहाँको त्यो हाँसो सुनेपछि एउटा छुट्टै माहोल नै बन्थ्यो…

त्यो अजिबको हाँसो अनि उहाँका रसिक कुराहरू, सकारात्मक सोच र त्यो बिन्दासपना…

जीवन, बगैंचामा फूलेको फूलजस्तै हो‚ फुलेपछि झर्नैपर्छ तर सम्झनाका फाँटहरूमा उहाँसँग बितेका हरेक पलहरू सधैं फुलि नै रहने छन् !

छक्का पन्जा ४ मा दाइसँग काम गर्ने सपना पनि अधुरै रह्यो, संसारको यो तीतो यथार्थलाई स्वीकार्न नचाहेर पनि स्विकार्नै पर्दो रहेछ !

आदरणीय गायक तथा कलाकार जयनन्द लामा दाइप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु !

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077