Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमसीसीको पक्षमा बोल्दै आएका गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा बढाइयो

    एमसीसीको पक्षमा बोल्दै आएका गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा बढाइयो

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा वकालत गर्ने नेपाली कांग्रेसका तीन जना नेताहरूको सुरक्षा बढाएको छ ।

    गृह मन्त्रालयले कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाएको हो ।



    पछिल्लो समय थापा, कार्की र महतले  एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले उनीहरुमाथि जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको मन्त्रालय स्रोतले जनाएको छ।



    एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताहरू निरन्तर आन्दोलनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार