Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमसीसीको नाममा देशप्रति कुकर्म गर्नेहरुलाई गद्दारीको कोटामा राखिन्छ: भीम रावल

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई राष्ट्रघाती सम्झौता भएको दाबी गर्दै आएका नेकपा एमालेका नेता डा भीम रावलले राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर अघि बढ्न नहुने बताएका छन्। बुधबार सामाजिक संजालमा ट्वीट गर्दै नेता रावलले एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट हुन नहुने बताए । यदी त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने रावलको भनाइ छ। रावलले लेखेका छन्, 'एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् । त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077