Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह (सूचनासहित)

काठमाडौँ । पछिल्लो समय रुस र युक्रेनबीच तनाव बढेपछि सरकारले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै युक्रेनमा रहेका सबै नेपाली नागरिकलाई घटनाक्रमको मूल्याकंन गरी स्वदेश फर्कन अनुरोध गरेको हो ।

‘युक्रेनमा रहनु भएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्नु भई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ, 'मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, 'साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरिन्छ ।’

हेर्नुहोस् सूचना:

यस्तै, मन्त्रालयले युक्रेन मामिलासमेत हेर्दै आएको बर्लिनस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र सबै सकुशल रहेको जनाएको छ । उनीहरुलाई आवश्यक परेमा बर्लिनस्थित राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईं र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077