Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल र सदस्यमा ६ न्यायाधीशको नाम सिफारिस

काठमाडौं । विशेष अदालत काठमाडौँको अध्यक्षमा श्रीकान्त पौडेल सिफारिस भएका छन्।

बुधबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले विशेषको अध्यक्षमा पौडेलसहित अरु पाँच जना न्यायाधीश सदस्यका रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

बैठकले उच्च अदालतका न्यायाधीशहरूलाई काजमा खटाउन सिफारिस गर्ने निर्णय समेत गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटन हेटौंडा इजलास, नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा काजमा खटाउने निर्णय गरिएको छ ।

यस्ता छन् निर्णयहरू :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077