Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सिंहदरबारमा प्रचण्ड, माधव र झलनाथबीच भेटवार्ता, एमसीसीबारे छलफल

काठमाडाैं । सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच सिंहदरबारमा छलफल भएको छ।

संसद्‌मा टेबल भएको अमेरिकी सहयोग परियोजना कर्पोरेशन (एमसीसी)सँगको सम्झौताका सन्दर्भमा साझा धारण तय गर्न भन्दै दुवै दलका सांसदसहित नेताहरु छलफलमा जुटेका हुन्।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित झलनाथ खनाललगायत सहभागी रहेका थिए।

बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि  उनीहरूबीच छलफल भएकाे हाे । छलफलले एमसीसी निर्णयार्थ प्रस्तुत गर्दा कस्तो भूमिकामा रहने भन्ने रणनीतिबारे कुराकानी भएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ बैठकमा एमसीसी सम्बन्धि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077