Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार व्यक्ति पक्राउ

काठमाडौँ । अदालतले बैंकिङ कसुर गरेको ठहर गरी रु ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आव २०७६÷२०७७ नेपाल बैंक लिमिटेड, न्यूरोडस्थित आफ्नो खाताबाट रकम भुक्तान हुने गरी रकम नै नभएको जानीजानी जाहेरवालालाई झुक्यानमा चेक काटेर दिएका थिए ।

उक्त मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक २९ मा अधिकारीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुर प्रमाणित गरी रू ६२ लाख आठ हजार जरिवाना र १० दिन कैद हुने ठहर गरेको थियो ।

यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले आज तारकेश्वरबाट पक्राउ गरेको हो ।

अधिकारीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077