Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद भवन अगाडि झडप: प्रहरीद्वारा अश्रुग्यास र लाठी प्रहार, प्रदर्शनकारीले हाने ढुंगा

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भएको प्रदर्शनमा झडप भएको छ ।

बिहीबार संसद बैठक बस्ने लाग्दा प्रदर्शनकारीहरु संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । तर, उनीहरुलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेका छन् । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रदर्शनमा एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता प्लेकार्डसहितका नारा लगाइएको थियो । अहिले उक्त क्षेत्रको शान्ति सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077