Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

युक्रेनद्वारा सबै यात्रुवाहक विमानको उडान बन्द

एजेन्सी । युक्रेनको सरकारी हवाई ट्राफिक सेवाले रुसी आक्रमणपछि देशको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ।

यात्रुवाहक विमानको उडान सुरक्षा 'उच्च जोखिम”मा रहेका कारण किएभको समय अनुसार ०२:४५ बजेदेखि सबै उडान रद्द गरिएको हो।

'यात्रुवाहक उडानका निम्ति युक्रेनी हवाई क्षेत्रमा हवाई ट्राफिक सेवाको प्रावधान निलम्बन गरिएको छ, 'हवाई ट्राफिक सेवाले भनेको छ।

युक्रेनले अवकाश प्राप्त सैनिकलाई ‘हतियार दिने’

प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार रुसले सैन्य अतिक्रमण गरेपछि युक्रेनले आफ्ना अवकाश प्राप्त सैनिकहरूलाई हतियार दिने भएको छ।

युक्रेनका नागरिकहरूलाई भूगोल रक्षा एकाइहरूमा सामेल हुन प्रोत्साहित गर्न थालिएको भनिएका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो।

प्राप्त विवरणहरूमा जनाइएअनुसार रुसी सेनाले युक्रेनी सैन्य पूर्वाधार, विमानस्थल लगायतलाई निशाना बनाइरहेको छ।

रुसी आक्रमणबाट अहिलेसम्म आठजना मारिएको युक्रेनी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077