Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेनमा रहेका नेपालीलाई दूतावासले भन्यो-बसोबास गरिरहेको घरमै सुरक्षित बस्नु

काठमाडौं । बर्लिनस्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपालीलाई आफू बसोबास गरिरहेको घरमै सुरक्षित बस्न अनुरोध गरेको छ।

रूस र युक्रेनबीच विकसित पछिल्लो घटनाक्रमपछि बिहीबार जारी सूचनामा युक्रेन सरकार र सम्बन्धित कलेजको निर्देशन पालना गर्न भनिएको छ । यस्तै, सम्भव भएसम्म सडक वा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका स्थानमा जान समेत आग्रह गरिएको छ।

‘आज बिहानैदेखि विकसित घटनाक्रम समेतलाई दृष्टीगत गर्दा युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द भएकोले हवाइमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने देखिएको छ,’ दूतावासले भनेको छ,‘त्यसैले संयमता अपनाई हाल बसोवास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रुपमा रहनु होला।’

एअर साइरन वा बम वार्निङको अवस्थामा बम सेल्टर प्रयोग गर्न समेत सुझाइएको छ । आवश्यक परेमा दूतावासकी तृतीया सचिव सहारा चौलागाईं वा गैरआवासीय नेपाली संघ, युक्रेनका अध्यक्ष हरिबहादुर मल्ललाई सम्पर्क गर्न भनिएको छ।

यात्रुवाहक विमानको उडान सुरक्षा ‘उच्च जोखिम’मा रहेका कारण किभको समय अनुसार पौने तीनबजेदेखि सबै उडान रद्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077