Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महामन्त्री गगन थापाले भने-'अहिलेको सत्ता गठबन्धनबाट पार लाग्ने अवस्था छैन'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको दावी गरेका छन् ।

बिहीवार बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धन धरापमा परेकाले गठबन्धन अघि बढ्ने अवस्थामा नरहेको स्पष्ट पारे। महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धनबाट पार नलाग्ने भएकाले गठबन्धनको सम्बन्धमा थप छलफल गरिराख्नु नपर्ने जानकारी दिए ।

महामन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) लाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको कुरा राख्नु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077