Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • युरोपेली संघद्धारा रुसमाथि ठूलो प्रतिबन्धको घोषणा

    युरोपेली संघद्धारा रुसमाथि ठूलो प्रतिबन्धको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । रुसमाथि युरोपेली संघ (ईयू)ले प्रतिबन्ध लगाएको छ । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै ईयूले रुसविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसविरुद्ध वित्तीय क्षेत्र, ऊर्जा, यातायातका साथै केही रुसी अधिकारीलाई भिसामा समेत प्रतिबन्ध लगाएको दिइन् । शुक्रबार बिहान बसेको ईयूको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिइन् ।



    अहिले लगाइएको प्रतिबन्धसँगै अब रुसले आफ्नो तेल प्रशोधन केन्द्रको स्तरोन्नतिको लागि आवश्यक प्रविधि खरिद गर्न नपाउने युरोपेली आयोगकी प्रमुखले बताइन् ।



    सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै उनले भनेकी छिन्, ‘ठूलो प्रतिबन्धको प्याकेज गएराति पारित भएको छ र यसले ईयू कति संगठित छ भन्ने देखाएको छ।’

    फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले युक्रेनलाई ३३ करोड ६० लाख डलर सहायताका साथै सैन्य उपकरणहरु पनि दिइने घोषणा गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार