Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ईयूले रोक्का गरेको रुसको सम्पत्ति युक्रेनलाई हतियार किन्न सहयोग गरिने

    ईयूले रोक्का गरेको रुसको सम्पत्ति युक्रेनलाई हतियार किन्न सहयोग गरिने

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 555
    SHARES

    एजेन्सी । युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् ।

    फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै चान्सलर सोल्जले युरोपमा रोक्का रुसी सम्पत्तिबाट आएको आम्दानीलाई हतियार खरिदका लागि युक्रेनलाई आर्थिक सहयोग गर्न प्रयोग गर्ने जानकारी दिए ।



    ईयूका उच्च पदस्थ प्रतिनिधिका अनुसार ईयूले अहिलेसम्म रुसविरूद्धको प्रतिरोधका लागि प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेको छ ।



    सन् २०२२ को फेब्रुअरीदेखि ईयूले युक्रेनमा भएको विशेष सैन्य कारबाहीलाई लिएर यसअघि रूसविरुद्ध व्यक्तिगत तथा आर्थिक प्रतिबन्धका १३ वटा प्याकेज ल्याइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार