Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • रुसले नर्ड स्ट्रीम-१ बाट युरोपेली सङ्घमा ग्यास निर्यात घटाउने

    रुसले नर्ड स्ट्रीम-१ बाट युरोपेली सङ्घमा ग्यास निर्यात घटाउने

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 954
    SHARES

    एजेन्सी । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास निर्यात घटाउने भएको छ ।

    मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको ग्याजप्रोमले जनाएको छ ।



    ग्याजप्रोमले नर्ड स्ट्रीम–१ पाइप लाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ ।



    अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुन सक्ने अनुमान छ । जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नु पर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ ।

    यो निर्णयले युरोपेली सङ्घका देशमा जाडो महिनाअघि ग्यास जोहो गर्न थप कठिन बनाउने देखिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार