Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू हुँदै

    ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 984
    SHARES

    एजेन्सी । युरोपेली संघ (ईयू) को ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू हुने भएको छ ।

    युक्रेन र रुसको युद्धका कारण उत्पन्न ऊर्जा संकटको सामना गर्न आजदेखि ईयूमा आवद्ध देशहरुले १५ प्रतिशतले ग्यास खपत कटौती गर्ने योजना कार्यान्वयनमा ल्याउन लागेका हुन् ।



    दुई हप्ता अगाडि २७ राष्ट्र सम्मिलित युरोपेली संघ (ईयू) ले ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने सहमती गरेका थिए । यूक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले आजदेखि कार्यान्वयनमा ल्याउन लागिएको इयूले विज्ञप्तिमार्फत् जनाएको छ ।



    चिसो मौसममा ग्यासको भण्डारणलाई समयमै बलियो बनाउन सक्षम हुनका लागि अहिलेदेखि यस्तो निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

    युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार