Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • युरोपेली संघ आयुक्त बुधबार नेपाल आउँदै

    युरोपेली संघ आयुक्त बुधबार नेपाल आउँदै

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 690
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली संघकी आयुक्त जुटा उर्पिलाइनेन बुधबार नेपाल आउने भएकी छन् ।

    काठमाडौंस्थित यूरोपेली संघ (ईयू) दूतावासका अनुसार आयुक्त उर्पिलाइनेनले आफ्नो एकदिने भ्रमणमा नेपाली नेताहरुसँग भेटघाट गर्न गर्ने कार्यक्रम रहेको छ ।



    आइतबार आयुक्त उर्पिलाइनेनले विज्ञप्ति जारी गर्दै आफ्नो भ्रमणबारे जानकारी गराइएकी छन्।



    विज्ञप्तिमा भनिएको छ,‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु । रुसको युक्रेन विरुद्धको आक्रामक युद्धले नेपाललगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ । म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु,डिजिटल,ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट,स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न साझेदारहरूलाई इयुले सकारात्मक प्रस्ताव जारी गरेको छ ।’

    कमिश्नर उर्पिलाइनेनले प्रधानमन्त्री दाहाल र नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।

    नेपाल सन् २०२६ मा अल्पविकसित देश (एलडीसी)स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बेला कमिश्नर उर्पिलाइनेनको भ्रमण महत्वका साथ हेरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार