Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • तीस हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने

    तीस हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 621
    SHARES

    फाइल तस्विर

    युक्रेन । युरोपेली संघ (ईयूं)का सदस्य राष्ट्रहरूले यस वर्ष युक्रेनको सशस्त्र बलका ३० हजारभन्दा बढी सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ ।

    “सन् २०२३ मा युक्रेनका लागि युरोपेली संघको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,” कीभस्थित रक्षा मन्त्रालयले भनेको छ ।



    ईयूका अधिकारीहरूले ३० हजार युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिने प्रतिबद्धता यस वर्षको फेब्रुअरीमा नै व्यक्त गरेका थिए ।



    ब्रसेल्सले युरोपेली संघका सदस्य राष्ट्रहरूलाई आगामी चार वर्षमा युक्रेनलाई सहयोग गर्न ५० अर्ब युरो (५५ अर्ब डलर) को प्याकेजलाई समर्थन गर्न आग्रह गरेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार