Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने ईयूको प्रस्ताव

    रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने ईयूको प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.8K
    SHARES

    एजेन्सी । युरोपियन युनियन (ईयू) ले रुसविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्धहरू प्रस्ताव गरेको छ । ईयूले रुसी तेल आयात पूर्ण निषेध गर्ने र युद्ध अपराधका संदिग्धहरूलाई प्रतिबन्ध लगाउनेसहितका कडा कदम चाल्ने प्रस्ताव गरेको हो ।

    युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले यस प्याकेजको उद्देश्य रुसमाथि अधिकतम दबाब दिने र युरोपमा हुने क्षतिलाई न्यूनीकरण गर्ने बताइन् ।



    रुसी कच्चा तेल चरणबद्ध रूपमा छ महिनाभित्र रोकिने उनको भनाइ छ । बुचा र मारिउपोलमा संदिग्ध युद्ध अपराधमा संलग्न सैन्य अधिकारीहरूले पनि नयाँ प्रतिबन्धहरूको सामना गर्नेछन् ।



    युरोपियन कमिसनका अध्यक्ष भोन डेर लेयनले बुधबार युरोपेली संसदमा सम्बोधन गर्दै यस कदमले क्रेमलिनको युद्धका सबै अपराधीहरूलाई महत्वपूर्ण संकेत दिने भन्दै उनीहरूलाई जवाफदेही बनाउने बताइन् ।

    ईयूले रुसी तेल र ग्यासबाट आफूलाई कसरी छुटकारा दिने भन्नेमा हप्तौँदेखि ध्यान केन्द्रित गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार