Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ ।

शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

यसअघि बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।आजको बैठकमा एमसीसीमाथि छलफल गरियोस् भन्दै प्रस्ताव पेस हुने कार्यसूचीमा उल्लेख गरिएको थियो ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन गर्ने बताइएको थियो।

अब अर्को बैठक पर्सी आइतबार १५ फागुनमा बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077