Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे माधव

काठमाडौं। सत्ता साझेधार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार धनगढी गएका अध्यक्ष नेपाल शुक्रबार बिहान काठमाडौं फर्केसँगै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार देउवा र नेपालबीचको वार्तामा गठबन्धन जोगाउने र एमसीसी अनुमोदन गर्नेलगायतमा छलफल भएको छ।यसअघि धनगढीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी सम्झौताकै कारण गठबन्धन नटुटाउने सहमति भएको खुलासा समेत गरेका थिए।

‘हाम्रो बिचमा एमसीसी पास भए पनि फेल भए पनि गठबन्धनलाई कायमै राखौँ भन्ने कुरा भएको हो । राष्ट्रिय राजनीतिका विषयमा जुन यो गठबन्धनले काम गरिरहेको छ यसमा हामी एक हौँ भन्ने कुरा भएको हो,’ नेपालले भनेका थिए, ‘तर अब यसमा गठबन्धन जोगाउन हामीले मात्रै सोचेर हुँदैन। यो नेपाली कांग्रेसले पनि सोच्ने कुरा हो।’

यस्तै, कार्यक्रममा अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकाले प्रष्ट पार्न खोजे पनि केही कुरामा भने अझैं अस्पष्टता रहेको बताएका थिए । ‘अमेरिकीहरूको केही अभिव्यक्तिले गर्दाखेरी, यसैबीचमा सहायत नलिदाँखेरी नेपाललाई दबाव दिने टाइपबाट, धम्की दिने टाइपका शब्दहरू प्रयोग भए’ अध्यक्ष नेपालले भने, ‘यसले गर्दा झन आशंका बढाइदियो । शंका, उपशंका बढाइदियो।'

[insert page='117452' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077