Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यथास्थितिमा एमसीसी पास हुँदैन, संसद बैठक बहिष्कार गर्छ भन्नु गलत: नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा स्वीकार गर्न नहुनेमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्।

शुक्रबार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्,’हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ ।’

एमसीसी सम्झौतामा राष्ट्रिय सार्बभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरू रहेको उल्लेख गर्दै उनले संशोधन नभएसम्म पास गर्न नहुने बताएका हुन्।

यस्तै, श्रेष्ठले एमसीसी संसदमा पेस गरिसकिएको सन्दर्भमा माओवादीले बिपक्षमा मतदान गर्ने कुरा सत्य नभएको बताए । 'संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई बिफल पार्न बिपक्षमा मतदान गर्छ,' श्रेष्ठले लेखेका छन्।

उनले अघि लेखेका छन्, 'यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो।कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यम मार्फत चलाउँदैछ ? सावधान !'

[insert page='117452' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077