Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमसीसीको उद्देश्य डरलाग्दो भएको झलनाथको दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीको उद्देश्य डरलाग्दो भएको दावी गरेका छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी शर्त नै शर्तको सम्झौता भएको दाबी गरे।

सडक मर्मत र ट्रान्समिसनका लागि मात्रै सहयोग दिन लागेको भए शर्त किन राखेको भन्ने खनालको प्रश्न थियो । सम्झौता केही नेपालीहरुले आइपीएसको अंग नभएको दाबी गरे पनि अमेरिकी मन्त्रीहरुले नै आइपीएसको अंग भएको बताएको खनालको दाबी थियो।

‘अमेरिकाका मन्त्रीहरुले एमसीसी आइपीएसको अंग हो भनिरहेका छन्। उनीहरुका दस्तावेजमा पनि त्यही कुरा रहेछन्। जुन ढंगले सम्झौतामार्फत जुन उद्देश्य पूरा गर्न खोजिएको छ यो डरलाग्दो छ,’ खनालको भनाइ थियो।

अमेरिकाको इच्छाअनुसार नेपालमा रहेका एनजीओ र आईएनजीओलाई ३० अर्ब बाँडिने सम्झौतामा उल्लेख रहेको भन्दै खनालले भने, ‘सम्झौताबाट करिब ७० अर्ब आउने भनिएको छ । त्यसमध्ये ४० अर्ब ट्रान्समिसन लाइन र सडक निर्माणमा खर्च गरिने र बाँकी ३० अर्ब यहाँका एनजीओ र आईएनजीओलाई दिने भनिएको छ । एमसीसीको इच्छामा दिने भनिएको छ ।’

एमसीसी सम्झौतामा सर्तैसर्त रहेको र यो राष्ट्रहितविपरीत रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077