Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

पल-समीक्षा प्रेम विवाद: दुर्गेश थापालाई लाग्यो ठूलो झट्का, महोत्सवबाट हटाइयो

काठमाडौं । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीसँगको प्रकरणमा मुछिएका मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ ।

कैलालीको अत्तरियामा आजदेखि सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट थापाको नाम हटाएको हो ।

थापा विवादमा परेका कारण समस्या हुने भएपछि कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक समितिले जनाएको छ। महोत्सवमा सर्वसाधारणको भीड हुने र थापामाथि हातपात हुने सम्भावना देखिएपछि हटाइएको आयोजकको भनाइ छ।

बिहीबार बिहान पललाई फसाउन दुर्गेशसहित ४ जनाको टिमले गायिका अधिकारीमार्फत जबरजस्ती करणीको योजना बनाएको भन्ने अडियो सार्वजनिक भएपछि उनी विवादमा परेका हुन्।

त्यसो त उनी विवादमा आइरहने गायकमा पर्दछन्। यसअघि पनि उनी आफ्नै गीत र गीतमा प्रयोग भएका शब्दहरुबाट विवादमा मुछिदै आएका थिए। दुर्गेशको यही हर्कतका कारण राष्ट्रिय लोकगित प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको थियो।

[insert page='79192' display='yopanipadhnuhos.php']

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव आगामी फागुन २५ गतेसम्म आयोजना हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077