Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालुवाटारबाट केहीबेर अघि निस्केका हुन्।

यसअघि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा वार्ता छलफल गरेका थिए।

अहिले बालकोट जाँदै गरेका प्रधानमन्त्री देउवाको साथमा अरू नेताहरू पनि रहेको बालुवाटार स्रोतको भनाइ छ। अध्यक्ष ओली केहीबेर अघि मात्र पोखराबाट फर्किएको बताइएको छ।

शुक्रबार बिहान एमाले अध्यक्ष ओली  गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077