Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्थानीय तह निर्वाचनका लागि कांग्रेसले आयोगमा दल दर्ता गरायो

    स्थानीय तह निर्वाचनका लागि कांग्रेसले आयोगमा दल दर्ता गरायो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 960
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

    शुक्रबार कांग्रेस उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो ।



    गुरुङले आयोगमा दल दर्ता कार्य सम्पन्न भएको जानकारी दिए । दल दर्तापछि कांग्रेसको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग निर्वाचनको तयारी सम्बन्धी छलफल गरेको थियो ।



    यस्तै आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार