Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेन आक्रमणबारे सुरक्षा परिषदमा रुसद्धारा भिटो प्रयोग

काठमाडौं । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को युक्रेनसँग जोडिएको एक प्रस्तावमाथि रूसले भिटो प्रयोग गरेर रोकिदिएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदमा युक्रेनमाथि रूसको आक्रमणको निन्दा गर्ने यस प्रस्तावको पक्षमा ११ सदस्यले भोट गेका थिए। तर रुसले स्थायी सदस्यको रुपमा भिटो प्रयोग गरेर यसलाई रोकिदिएको हो।

प्रस्तावको पक्षमा ११ सदस्यले भोट गरेका थिए। तर भारत, चीन र यूएइले भोटिङमा भाग लिएनन्। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा युक्रेनमाथि रूसको आक्रमण रोक्ने र सेनालाई बोलाउनका लागि भोटिङ गराइएको थियो।

रूस सुरक्षा परिषदको पाँच स्थायी सदस्य मध्ये एक हो जसका साथ भिटो शक्ति रहेको छ। रूसका अलावा अमेरिका, चीन, फ्रान्स र बेलायतसँग पनि भिटो शक्ति रहेको हुन्छ।

युएनमा रूसी दूतले रूस युक्रेन या फेरि युक्रेनका नागरिक विरुद्ध युद्ध नलडिरहको तर डोनबासको मानिसहरुलाई बचाउनका लागि यस्तो कदम उठाएको बताए । युक्रेनका राष्ट्रपतिले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा युक्रेनमाथि गरिएको आक्रमणको विषय उठाएको भन्दै सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएका छन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077