Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन नटुट्ने माओवादी अध्यक्ष प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन नटुट्ने दावी गरेका छन् ।

सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेर बाहिरिने क्रममा प्रचण्डले सहमतिमै एमसीसी अघि बढ्ने र गठबन्धन नटुट्ने दावी गरेका हुन् ।

दुवै पार्टी एमसीसी अनुमोदनमा कांग्रेसलाई सघाउन तयार भएका छन् । फागुन ८ गते संसदमा पेश भएको एमसीसी अनुमोदनका लागि गठबन्धनमा रहेका दलले साथ नदिने देखेपछि कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद अघि बढाएको छ ।

सिंहदरबारमा नेपालसँग छलफल गरेर बाहिरिने क्रममा प्रचण्डले भने, ‘समस्याको समाधान हुन्छ । गठबन्धन फुट्दैन । एमसीसी सहमतिमा अघि बढ्छ ।’

गठबन्धन फुट्ने निश्चितजस्तै भएपछि दुई पार्टी एमसीसीको पक्षमा खुल्न बाध्य हुने अवस्थामा पुगेका छन् । सत्ता गठबन्धनमा एमसीसीका विषयमा मतभेद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलसँगको सहकार्यको प्रयास समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077